बिहीबार, साउन ७, २०८३

बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- १३ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा महोत्तरीबाट एक वृद्ध पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरीले महोत्तरीको मनरासिसवा नगरपालिका–६ सरपल्लो बस्ने ६५ वर्षीय खेभन साहलाई पक्राउ गरेको हो ।

साहमाथि १३ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोप छ। गत शनिबार घरमा एक्लै रहेको मौका छोपी साहले बालिकाको घरमै पुगेर माथिल्लो तल्लामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकको परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी ईश्वर कार्कीले जानकारी दिए ।

जिल्ला अदालत महोत्तरीमा जर्बजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।