NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत १४ लाख बढी राजस्व संकलन

जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत १४ लाख बढी राजस्व संकलन

 |  बुधबार, असार २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

vianetvianet

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व संकलन गर्ने अभियान थालेको छ। जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत १४ लाख ९५ हजार दुई सय पाँच राजस्व संकलन भएको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए।

स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व संकलन अभियान थालेयता नियमित राजस्व संकलन गर्दै आएको उनले बताए।

‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयको प्रवृति छ’, प्रमुख मियाँले भने, ‘त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ।’

यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उनको भनाइ छ। प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र तीन चरणमा नियमित सरसफाई गर्दै आएको छ।

Metro Mart

महानगरपालिकाले वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभिसँग २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाई गर्दै आएको उनले बताए।

‘महानगर प्रमुखको योजना अनुरुप सफा र सुन्दर वीरगञ्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौँ’, प्रमुख मियाँले भने, ‘उक्त योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला तथा सडक सरसफाई भइरहेको छ।’

उनका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाई साझेदार संस्था पृथी ताराले गरिरहेको छ। ‘पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो’, शाखा प्रमुख मियाँले भने, ‘अहिले थप एउटारएउटा मेसिन खरिद गरी नाला सरसफाई अभियानलाई तीव्रता दिएका छौँ।’

साइरण जडित ट्याक्टर फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उनको भनाइ थियो। विगतमा महानगरसँग डम्पीङ साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले चार वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताए।

प्रकाशित: Jul 12, 2023| 21:18 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्