आइतबार, असार २८, २०८३

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब १८ करोडको कारोबार

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- हिजो मंगलबार साढे चार अंकले घटेको सेयर बजार आज बुधबार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ।

आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। आज शिवश्री हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, शुभम् पावर, लक्ष्मी इक्युटी फन्ड र एनआईसी एसिया फन्डको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

हिजो दुई अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ८५ लाख चार हजार कित्ता शेयर तीन अर्ब १८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको ३३ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो।

प्रकाशित: Jul 12, 2023| 15:28 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्