बिहीबार, साउन ७, २०८३

भारतीय नोटसहित एकजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज–पर्सा प्रहरीले भारतीय रुपैयाँसहित फेरी एकजनालाई पक्राउ गरेको छ । रक्सौल सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले वीरगंज महानगरपालिका–१३ राधेमाई बस्ने ४५ वर्षीय विजय साह कलवारलाई पक्राउ गरेको हो ।

रक्सौल नाकाबाट अवैध रुपमा विदेशी मुद्रा भित्र्याई रहेको गोप्य सूचनाको आधारमा सवारी साधनका साथै पैदल यात्रीको समेत चेकजाँच गरेको थियो । भारतबाट पैदल आइरहेका कलवारको शरीर चेकजाँच गर्दा भारतीय मुद्रा २ हजार दरको नोट एक सय थान जम्मा दुई लाख र पाँच सय दरको नोट ६० थान भारु ३० हजार गरी कुल २ लाख ३० हजार फेला परेको पर्सा प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका भारतीय नोटसहित आवश्यक कारबाहीका लागि कलवारलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघि पर्सा प्रहरीले आइतबार प्रतिबन्धित भारु पाँच सय दरको चार सय नोटसहित सीमावर्ती रक्सौल बस्ने १९ वर्षीय रोहित शर्मालाई पक्राउ गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।