तस्बिरहरू : सन्ध्या श्रेष्ठ
काठमाडौं–काग तिहारको दिनदेखि यमपञ्चक सुरु हुन्छ । काग तिहारका दिनमा नयाँ भाँडा किन्ने र त्यसैमा पकाएको नवैद्य लक्ष्मीलाई चढाउने परम्परा छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकको शुभ सङ्कल्प तथा शुभकार्य सुरु गर्ने दिनका रुपमा लिने गरेका छन् ।
यस अवसरमा तामा, पित्तल र चाँदीको भाँडाकुँडा खरिद गर्नु शुभ मानिन्छ । काग तिहारका दिन फलामका भाँडा खरिद गर्नु अशुभ मानिन्छ । काग तिहारमा यमराजको पूजा गरिन्छ र साँझमा यमराजका नाममा दीपदान गरिन्छ । यस्तै आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।

बजार र विभिन्न चोकहरुमा आधुनिक फूल, माला, फलफूल, मिठाईका पसल लगायत भाडा कुडाका पसल, सुनचाँडिका ज्वेलर्समा अरु दिनको तुलनामा तेब्बर सरसामान किन्नेको भिड धेरै देखिने गर्छ ।
तिहारका बेला बजारमा भाँडाकँुडाको व्यापार ह्वात्तै बढ्ने व्यापारीहरू बताउँछन् । धनतेरशका दिन भाँडाकुँडा खरिद गर्ने चलन भएकाले व्यापार बढेको हो । वरिष्ठ संस्कृतिविद् तुलसी दिवस भन्छन्, ‘धनतेरशको दिन नयाँ भाँडाकँुडा किन्ने प्रचलन राजस्थानबाट सुरु भएको हो ।’ लक्ष्मीपूजा गर्दा सानो भए पनि नयाँ सुन वा चाँदी अर्पण गर्ने परम्परा छ ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४