बिहीबार, साउन ७, २०८३

पोखरामा रमाउँदै इथियोपियाका पूर्वप्रधानमन्त्री 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा– इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरा पुगेका छन् । 

प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् ।  

आफ्नो तीन दिने भ्रमणका क्रममा सो टोलीले पोखरामा विदेशी लगानीको सम्भाव्यता अध्ययनसमेत गरेको युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिए ।  

नेपालमा स्थिर सरकार गठन भएसँगै विकासको गति सहज भएको भन्दै आर्थिकस्तर बलियो बनाउन सकिने टोलीले विश्वास व्यक्त गरेको थियो । पूर्वप्रधानमन्त्री तम्राटको टोलीले नेपालमा पर्यटन र कृषिको क्षेत्रमा उल्लेख्य फड्को मार्न सक्ने सम्भावना रहेको ठहर गरेको छ । 

भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, “नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।” 

यसैबीच टोलीले पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्द ज्योति माविको स्थलगत अवलोकन भ्रमण गर्नुको साथै आर्थिक सहयोगसमेत गरेको छ । उक्त विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सहयोग दुई हजार पाँच सय अमेरिकी डलर टोलीले सहयोग गरेको हो । 

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं सङ्घीय सभासद् खगराज अधिकारीले यस क्षेत्रमा भएको लेन सम्राटसहितको टोलीको भ्रमणले समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।