NadaNada
मंगलबार, भदौ ३, २०८२

रेड्मीका दुई नयाँ फोन नेपाली बजारमा

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ। उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण उक्त स्मार्ट फोनले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ। यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ यी फोनले देशको स्मार्टफोनको परिदृश्यलाई पुनः परिभाषित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने,  ‘रेडमी परिवारमा लेटेस्ट एडिसन को रूपमा, रेड्मी एटु र एटुप्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो। टप अफ द लाइन स्पेसिफिकेशनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरु नेपाली स्मार्टफोन बजारमा आक्रामक रुपमा उत्रिन तयार छन्।’

रेड्मी एटु र एटुप्लस लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेका छन्।  रेड्मी एटु दुईजीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य  १०,४९९ रुपैयाँ रहेको छ। यस्तै रेड्मी एटु प्लस टुजीबी प्लस३२ जीबी र ३ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य११,४९९ र  ११,९९९ रुपैयाँ रहेको छ। यी स्मार्टफोनहरु देशभरका आधिकारिक मी स्टोर र शाओमीका अधिकृत रिटेलरहरूमा सोमबारदेखि उपलब्ध रहेका छन्।

प्रकाशित: Jul 11, 2023| 22:15 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्