काठमाडौं- आफूभित्रको रेसिङ डीएनए प्रस्तुत गर्दै र रेस ट्रयाकहरूमा आफ्नो प्रभुत्व जमाउँदै विश्वव्यापी रुपमा दुई र तीनपांग्रे सवारीसाधनहरूको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टीभीएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ।
२४ घन्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रुपमा कम्पनीले एनएट्रयाक्स (एसियाकै सबैभन्दा लामो हाई स्पिड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित) इन्दौरमा ३६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो।
टीभीएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टीभीएस अपाचे आरआर ३१० यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ। १७३ किलोमिटर प्रतिघन्टाको अधिकतम गति र १५२ किलोमिटर प्रतिघन्टाको औसत गतिका साथ टीभीएस अपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनीयता तथा सुदृढ गरेको हो।
कम्पनीको ‘ट्रयाक टु रोड’ दर्शनको प्रवर्द्धन गर्दै टीभीएस अपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्त्वपूर्ण कोसेढुंगा प्राप्त गर्न सफल भएको छ। यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र बफादारी कमाउँदै सबैभन्दा तीव्रगतिमा वृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रुपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उचाइ प्रदान गरेको छ।
‘यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो। टीभीएस अपाचे आरआर ३१० द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ। यो हामी सबका लागि गर्वको क्षण हो’, प्राप्त उल्लेखनीय माइलस्टोनका बारेमा बोल्दै विमल सुम्ब्ली, हेड बिजनेस (प्रिमियम टीभीएस मोटर कम्पनी)ले भने, ‘यो कीर्तिमानी उपलब्धिले टीभीएस अपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनका रुपमा स्थापित गरिदिएको छ।’
टोलीमा १८ जना चालक सम्मिलित थिए। यिनले ३ ओटो टीभीएस आपचे आरआर ३१० मोटरसाइकलहरूमा रिले गरेका थिए। २४ घन्टे स्पिड इन्ड्योरेन्स चुनौती गत जुलाई २ मा आईएसटी बिहान १० बजेदेखि सुरु गरिएको थियो। चुनौतीकै एक भागका रूपमा सवारहरूले औसत गति १५२ किमी प्रतिघन्टामा कुल ३२२ ल्याप कभर गरेका थिए।
चुनौतीको समयमा रेकर्ड गरिएको शीर्ष गति १७३ किमी प्रतिघन्टा रहेको थियो। चुनौतीमा २४ घन्टाको समयमा ३६५७.९२ किलोमिटरको दूरी कभर गरेबापत इन्डिया बुक अफ रेकर्डमा प्रवेश गरेको छ।
टीभीएस अपाचे आरआर ३१० को असाधारण कार्यसम्पादनमा योगदान गर्ने मुख्य कारकहरू यसको उन्नत एयरोडायनामिक डिजाइन हो। रेस व्युत्पन्न पावर प्लान्टले ३४ बीएचपी उत्पन्न गराउँछ। यसले गर्दा चरम परिस्थितिहरू सहन गर्ने क्षमतामा वृद्धिका साथै उच्चतम प्रदर्शन गर्नको क्षमता प्रदान गर्छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित हुन पुगेको छ।