NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जोशी हाइड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

जोशी हाइड्रोपावरको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

काठमाडौं- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

त्यसका लागि सोमबार कम्पनी र क्यापिटलबीच सम्झौता गरिएको छ। सम्झौता पत्रमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ।

त्यसको प्रतिसेयर एक सय रुपैयाँ अंकति दरले १ कित्ता सेयरको ०.६५ प्रतिशत को अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निकाष्शन गर्ने कम्पनीले जानकारी दिएको छ।

 

Metro Mart

प्रकाशित: Jul 11, 2023| 18:07 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्