रामेछाप- रामेछापको मन्थलीबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा नेकपाका स्थानीय नेतासहित तीनजनालाई पक्राउ गरेको छ ।
मन्थलीका रामबहादुर पुरीको घरमा जुवा खेल्दै गरेको अवस्थामा नेकपाका स्थानीय नेता प्रेम तामाङ, घरबेटी रामबहादुर पुरी, खाँडादेवी गाउँपालिका –८ का रमेश तामाङ पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नगद ३२ हजार रुपैयाँ र चारवटा मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पक्राउ परेका उनीहरुलाई थुनमा राखेर कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ । आइतबार उनीहरुलाई दश दिन थुनामा राख्न म्याद थप गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४