काठमाडौं- नेपाल राष्ट्र बैंकको संचालक समितिले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच गाभिन अनुमति दिएको छ। क वर्गका दुई बैंक गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड हुने भएको छ।
गाभिएर नयाँ बनेको बैंकले असार २९ गते शुक्रबारबाट कारोबार गर्ने भएको छ।