बुधबार, वैशाख ३०, २०८३

थप दुई कम्पनीलाई आईपीओ निष्कासन अनुमति 

बोर्डले चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत्लाई सेयर निष्कासन अनुमति दिएको हो। 
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं– धितोपत्र बोर्डले थप दुई जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ। बोर्डले चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत्लाई सेयर निष्कासन अनुमति दिएको हो। 

National life

चिर्खुवा हाइड्रोपावरले १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। हाल संस्थापक तर्फबाट ७० प्रतिशत सेयर स्वामित्व कायम गरेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बिक्री गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। कम्पनीले भोजपुरमा ४.७ मेगावाट क्षमताको अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुरमै ४.०६ मेगावाट क्षमताको लोअर चिर्खुवा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। 

यस्तै, बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत्लाई  २५ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको छ। हाल संस्थापकतर्फ ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत आईपीओ बिक्री गर्नेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले रसुवामा १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित: Jul 11, 2023| 14:02 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्