बिहीबार, साउन ७, २०८३

विराटनगरमा पनि कुद्‍न थाल्यो रेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश १ को अस्थायी राजधानी तथा प्रदेशको एक्लो महानगर विराटनगरमा भारतिय रेल भित्रिएको छ । सिमावर्ति भारतिय भुमिबाट विराटनगरमा रेलको परिक्षण पहिलोपटक गरिएसँगै रेल विराटनगरमा भित्रिएको हो ।

जनकपुरमा भारतिय ब्रोडगेज रेल भित्रिएको केहि समयपछि विराटनगरमा पनि रेल भित्रिएको हो । आइतबार दिउँसो साढे दुइ बजे यो रेल भारतिय भुमि बथनाह देखी विराटनगर–१८ को भेडियारी क्षेत्र सम्म ८ किलोमिटरको दुरि पार गरेर आएको हो । रेलको पुर्ण डिब्बासहित  नआएपनि इन्जिनलाइ रेलको लिकमा कुदाइएको थियो । १३१०२ डब्लुडिजी ३ ए नम्बर भएको इन्जिन कुदाइएको थियो ।
 
यो सँगै भारतिय राज्य बिहारको बथनाह देखी नेपालको कटहरीको १८ किलोमिटरको निर्माणाधिन रेलमार्गमा ८ किलोमिटर रेल कुद्न लायक भएको हो । नेपाल तर्फ तीन र भारततर्फ ५ किलोमिटर दुरिमा रेल कुदेको हो । रेललाइ विराटनगर १८ का वडाध्यक्ष संजय कुमार शाह सहितका स्थानियले नेपाली झन्डाले स्वागत गरेका थिए । 

सन २०१० मा नेपाल र भारतबिच विभिन्न पाँचस्थानबाट नेपालमा रेल ल्याउने सहमति भएबमोजिम रेलको परिक्षण भएको हो । भारत सरकारको प्राविधिक सहयोगमा बनेको यो रेल परियोजनाको जग्गाको मुआब्जाको दायित्व भने नेपाल सरकारको हो । 

हाल कुदेको बथनाह भेडियारी सम्मको मुआब्जा विवाद नभएपनि अरु क्षेत्रमा मुआब्जा विवाद भएको परियोजनाका भारतिय अधिकारी अश्विनि कुमारले मिडियालाइ जानकारी दिएका छन । मुआब्जा विवादकै काराण सम्झौतामा २०१७ सम्ममा आउन भनिएको रेल २०१८ को अन्त्य हुन लाग्दा मात्रै एक खण्डमा परिक्षण भएको हो ।

सुनसरीमा कुदेको थियो प्रदेश १ मा पहिलोपटक रेल

आइतबार विरानगरमा कुदेको रेल नेपालको जनकपुरपछि दोश्रो भनिएको छ । तर, रेलको इतिहास हेर्ने हो भने यो रेल प्रदेश १ मै कुदेको दोश्रो रेल हो ।  

कोशी व्यारेज बनाउदाताका धरान देखी सप्तरी र सुनसरी जोड्ने कोशी व्यारेज सम्म रेल चलेको थियो । विक्रम संवत् २०११ सालमा भएको नेपाल र भारत बिचको कोशी सम्झौतापछि २०१६ देखी २०४० सम्म ४७ किलोमिरटको दुरिमा उक्त रेल चलेको थियो । 

रेलमा व्यारेज बनाउन आवस्यक ढुंगाहरु बोकिएको थियो । ढुंगा बोकेकै आधारमा रेललाइ ढुंगे रेल भनिएको धरानका पाकाहरु बताउँछन । बाल्यकालमा रेल चढेको अनुभव भएका पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष केवश घिमिरेसँग त केहि दुर्लभ रेलका तस्बिरहरु पनि छन । धरानबाट रेल चलेकै इतिहाँसको आधारमा धरानमा अझैपनि रेल वे चोक रहेको छ । 

‘रेलवे’ चोक भनिएपनि व्यारेको निर्माणसँगै पुरानो रेलको अस्तित्व क्रमशः समाप्त भएको हो । हाल कहि कहि अवसेस र पुराना तस्बिर बाहेक प्रदेश १ मा कुदेको रेलको कुनै अंश बाकि छैन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।