काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार चियापान कार्यक्रमको आयोजना गर्दैछन् ।
तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसर पारेर उनले सोमबार अपराह्न आफ्नै सरकारी कार्यालय बहादुर भवनमा चियापानको कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरुलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।
यसैगरि उद्योग व्यवसायी, मानवाधिकारकर्मी, कलाकार, पत्रकारलगायतलाई पनि आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४