बिहीबार, साउन ७, २०८३

छठ पर्वमा दुई दिन बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-नेपालीहरुको पर्व छठको अवसरमा प्रदेश २ मा दुई दिन बिदा हुने भएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो । दसैं, दिपावली तथा छठ पर्वको अवसरमा प्रदेश सरकारले आइतबार आयोजना गरेको शुुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमार दुई दिने बिदा दिने निर्णय भएको जानकारी गराए । यसअघि केन्दीय सरकारले छठमा एक दिनमात्र दिँदै आएको थियो।

मुख्यमन्त्री राउतले छठपर्वको अवसरमा प्रदेशभरका पोखरी, तलाउ, नदी तथा पानीका मुहानलाई स्वच्छता अभियान अन्तर्गत सफा बनाउने पहल सुरु गरिएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले ऐतिहासिक तथा धार्मिक धरोहर जानकी मन्दिर सौन्दर्यीकरणका लागि आठ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। यसका साथै रामजानकी विवाहोत्सवमा अयोध्याबाट आउने जन्तिका लागि प्रदेश सरकारले धोती र गम्छाले स्वागत गर्ने तयारी रहेको राउतको  भनाई थियो ।

प्रदेश सरकारले मुख्यमन्त्रिय कार्यक्रम अन्तर्गत ‘बेटी पढाउ, बेटी बचाउ’, स्वच्छता अभियान र हेल्लो सीएम जस्ता कार्यक्रमले प्रदेश रुपान्तरणमा ठुलो भूमिका खेल्ने मुख्यमन्त्री राउतको विश्वास थियो । प्रदेश विकासका लागि सरकार तथा प्रतिपक्षको रचनात्मक सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेशका मन्त्री, राज्यमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।