मंगलबार, असार २३, २०८३

भैरहवा ग्लाडिएटर्सले भित्र्यायो श्रीलंकाली खेलाडी

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब भैरहवा ग्लाडिएटर्सले श्रीलंकाका खेलाडी दिनेश चान्डिमललाई भित्र्याएको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब भैरहवा ग्लाडिएटर्सले श्रीलंकाका खेलाडी दिनेश चान्डिमललाई भित्र्याएको छ।

भैरहवाले आज बिहीबार सूचना जारी गर्दै विश्वकप च्याम्पियन दिनेशलाई भित्र्याएको जानकारी दिएको हो।

विकेटकिपर र ब्याट्स्मेन दिनेश श्रीलंकाको टी २० आईको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन्। सन् २०१३ मा बंगलादेशविरुद्ध दिनेशले सर्वाधिक कम उमेरमा कप्तानको रुपमा डेब्यू गरेका थिए। सन् २०१४ मा विश्वकपको उपाधि श्रीलंकाले जित्दा दिनेश राष्ट्रिय टिमका सदस्य थिए।

चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन् । टि२० आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन्। चान्डिमलले राजस्थान रोयल्सबाट आर्इपिएल खेलिसकेका छन्। ३१ वर्षिय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् ।

चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२० तीनै शैलीमा कप्तानी गरेका छन्। यता भैरहवाले प्रशिक्षकका रुपमा पुवुदु दसानायकेलाई नै निरन्तरता दिने बताएको छ। पुवुदूले नेपाली राष्ट्रिय क्रिकेट टिम पनि सम्हालिसकेका छन्।

चौथो संस्करणको ईपीएल आउँदो असोजमा कीर्तिपुरस्थित त्रिवीको क्रिकेट मैदानमा हुँदैछ। ईपीएलमा विभिन्न सहरका ६  टिमको सहभागिता रहन्छ।


प्रकाशित: Aug 12, 2021| 17:37 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।