NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल आउने पर्यटकभन्दा विदेश घुम्न जाने नेपालीको खर्च बढी

नेपाल आउने पर्यटकभन्दा विदेश घुम्न जाने नेपालीको खर्च बढी

 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet

काठमाडौं- नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन्।

गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए।

सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा ५८ अर्ब छ करोड आम्दानी भएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट २९ अर्ब ८८ करोड आम्दानी भएको थियो।

यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड बाहिर लगेका छन। गत वर्षको सोही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड बराबर थियो।

प्रकाशित: Jul 10, 2023| 21:49 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्