बिहीबार, साउन ७, २०८३

धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारहरुलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएलका प्रतिनिधि, काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्ष लगायतले धरहरा पुनर्निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।  

नेपाल टेलिकमका प्रबन्धक झविन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा पुनर्निर्माणमा सहयोग गर्ने बताए ।

सञ्चय कोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनर्निर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न कोष तयार रहेको बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अघि बढाइने बताए।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा. चन्द्रबहादुर श्रेष्ठ, सहसचिव राजुमान मानन्धर, नेपाल टेलिकमका निमित्त प्रबन्धक निर्देशक सूर्यभक्त पोखरेल, नेपाल विद्युत प्राधिकरणका थिरकुमार खत्री, केयुकेएलका महाप्रबन्धक महेश भट्टराई, महानगरीय ट्राफिक वृतका रामकुमार खनाल, नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका निर्देशक अनुज दाहाल, गोश्वारा हुलुकका कार्यालयका प्रमुख वेदप्रसाद भण्डारी, धरहराको ठेक्का पाएको कम्पनी जिआईईटिसीका प्रतिनिधि रमन महतो, वडा नं २२ का वडाध्यक्ष चिनीकाजी महर्जन लगायतको उपस्थिति थियो । अघिल्लो हप्तादेखि धरहरा पुनर्निर्माणको पुनर्निर्माण भइरहेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।