बिहीबार, साउन ७, २०८३

प्रेस युनियन सुनसरीको अध्यक्षमा धनबहादुर पुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः नेपाल प्रेस युनियन सुनसरीको एक बर्षे अध्यक्षमा पत्रकार धनबहादुर पुरी चयन भएका छन । नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सुनसरीको आठौं जिल्ला अधिबेसनले आलोपालो प्रणालीमा जाने निर्णय गरेपछि पहिलो चरणको लागी पुरी अध्यक्ष चुनिएका छन । 

प्रेस युनियनको चार बर्षे कार्यकालमा एक बर्ष पुरी र तीन बर्ष पत्रकार पवन अधिकारी हुने सर्बसम्मत  निर्णय भएको छ । प्रेस युनियन सुनसरीका निबर्तमान अध्यक्ष गणेश निरौलाले अध्यक्षमा आलोपालो भएपनि बाँकी सबै यथावत हुने बताए ।

नवगठित युनियन समितिमा आठौँ अधिबेसनले उपाध्यक्षमा संजिब वाग्ले र रन्जना पौडेललाइ चयन गरेको छ । सचिवमामा निशाल चौधरी चयन गरेको युनियनले सहसचिवमा भने क्रमशः सुप्रिया राई र उषाकिरण घिमिरेलाइ चयन गरेको छ । 

यस्तै कोषाध्यक्षमा मिकाइल आलम चयन भएका छन । सदस्यहरुमा विवेक रेग्मी, जीवन फुयाँल, सम्राट थापा, जितेन्द्र शाह, नविन पाण्डे, बिरेन्द्र शाह भएका छन । महिला सदस्यहरुमा क्रमशः कृष्णकला राई, सुस्मिता राई, सपना राई र श्वेता सर्मा रहेका छन । अल्पसंख्यक कोटाको सदस्यमा भने निश्चल शर्मा चयन भएका छन । 

प्रदेश १ का तीन जिल्लामा प्रेस युनियनमा आलोपालो

आइतबार सम्पन्न नेपाल प्रेस युनियन सुनसरी समिति मात्रै हैन अन्य जिल्लामा पनि आलोपालो प्रणाली लागु गरिएको छ । नेपाल प्रेस युनियन मोरङ र पाँचथरमा यस अगाडि नै आलोपालो प्रणाली लागु भइसकेको छ । 

मोरङमा पहिलो दुई बर्षको अध्यक्षको लागी पत्रकार कुमार लुइटेल चयन भएका छन भने बाँकि दुइ बर्ष पत्रकार भोजराज बस्नेतले अध्यक्षता गर्ने लिखित सहमति भएको छ ।  युनियन मोरङको आठौँ अधिबेसन असोज १२ गते पत्रकार लुइटेललाइ अध्यक्ष चयन गरेको थियो । 

यस्तैगरि, पाँचथरमा पनि पहिलो दुइ बर्षको अध्यक्षको लागी पत्रकार भिम बाँस्कोटा चयन भएका छन । बास्कोटाको दुइ बर्षे कार्यकालपछिको बाँकी दुइ बर्ष  पत्रकार जितेन्द्र भण्डारी हुनेछन । असोज ५ गते भएको पाँचौ अधिबेसनले दुई–दुई बर्ष कार्यकाल चलाउने मौखिक सहमति भएको अध्यक्ष बास्कोटाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।