वीरगंज- भारतबाट अवैधरुपमा भारतीय मुद्रा बोकेर आएका एकजना यूवकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ। सीमावर्ती भारतीय शहर रक्सौल थाना वडा नम्बर २२ नागारोड निवासी १९ वर्षिय रोहित शर्मालाई पक्राउ गरेको हो ।
उनको साथबाट भारु पाँच सय दरको चार सयवटा नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। नेपालमा भारु एक सयदेखि माथिका दरको नोट सर्वसाधारणको प्रचलनमा बन्देज लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४