शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुग्‍यो : राष्ट्रसंघ

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुग्‍यो : राष्ट्रसंघ

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

सुडान- संयुक्त राष्ट्रसंघले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को संघारमा पुगेको चेतावनी दिएको छ।

National life

खार्तूमको भगिनी शहर ओमदुरमानमा शनिबार भएको हवाई आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै ठूलो सङ्ख्यामा सर्वसाधारण घाइते भएको सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सुडानका प्रतिद्वन्द्वी जनरलहरूबीच करिब तीन महिना लामो युद्धपछि भएको यो हवाई आक्रमण आक्रोश भड्काउने पछिल्लो घटना हो। 

राष्ट्रसंघले द्वन्द्वमा करिब तीन व्यक्तिको मृत्यु भएको छ, पीडितहरूले यौन हिंसाको लहरको रिपोर्ट गरेका छन् र प्रत्यक्षदर्शीहरूले जातीय रूपमा लक्षित हत्याहरूको बारेमा बताएको छ। लुटपाट भएको छ र संयुक्त राष्ट्रसङ्घले डार्फर क्षेत्रमा मानवताविरुद्धको सम्भावित अपराधबारे चेतावनी दिएको छ।

स्वास्थ्य मन्त्रालयले फेसबुकमा पोस्ट गरेको भिडियोमा हवाई आक्रमणपछि टुक्रा–टुक्रा पारिएको शव आंशिक रूपमा भुइँमा ढाकिएको देखिएको छ। पीडितमध्ये कैयौँ महिला पनि थिए। 

Laxmi sunrise bank
kumari

अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ।

एएफपीले सम्पर्क गरेका स्थानीयबासिन्दाले पनि हवाई आक्रमणको पुष्टि गरेका छन् तर आइतबार सशस्त्र बलले एक वक्तव्य जारी गर्दै भनेको छ, 'वायु सेनाले ओमदुरमानमा कुनै पनि शत्रुतापूर्ण लक्ष्यको सामना गरेको छैन।'

युद्ध सुरु भएदेखि नै अर्धसैनिक बलले आवासीय क्षेत्रमा आधार खडा गरेका छन् र उनीहरूमाथि सर्वसाधारणलाई घरबाट निकालेको आरोप लाग्दै आएको छ। मध्य खार्तूमस्थित राष्ट्रपति भवन नजिकै आइतबार थप हवाई आक्रमण हुनुका साथै शहरको दक्षिणमा मेशिनगन भिडन्त र तोप र गोलाबारी भएको प्रत्यक्षदर्शीले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार ओमदुरमानमा भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको पुष्टि गर्दै यस घटनाले राष्ट्रसङ्घलाई चिन्तित बनाएको उल्लेख गरे।

गुटेर्रेसले भने, 'सशस्त्र बलबीच जारी युद्धले सुडानलाई पूर्ण गृहयुद्धको सङ्घारमा पुर्‍याएको र यसले पूरै क्षेत्रलाई अस्थिर बनाएकोमा राष्ट्रसङ्घ चिन्तित बनेको छ।'

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानको सीमा जोडिएको अन्य गरिब देशहरू पनि शान्त छैनन्।  इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार सुडानको लडाइँका कारण करिब ३० लाख मानिस विस्थापित भएका छन्, जसमध्ये करिब सात लाख छिमेकी मुलुकतर्फ भागेका छन्।
 

प्रकाशित: Jul 09, 2023| 20:40 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्