शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिका–भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता सिर्जना

अमेरिका–भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता सिर्जना

 |  बिहीबार, असार १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार १९, २०८२

हनोई- संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘पारस्परिक’ भन्सार शुल्कको सबैभन्दा बढी दण्डलाई रोकेको छ। यद्यपि विश्लेषकहरूले यसले वासिङ्टन र बेइजिङबीच नयाँ गतिरोध निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

दक्षिणपूर्वी एसियाली यो राष्ट्रसँग चीन र मेक्सिकोपछि संयुक्त राज्य अमेरिकासँग तेस्रो सबैभन्दा ठूलो व्यापार बचत छ। बुधबार घोषणा गरिएको सम्झौता ट्रम्पले एसियाली राष्ट्रसँग गरेको पहिलो पूर्ण सम्झौता हो। यसले अझै पनि सम्झौताका लागि सङ्घर्ष गरिरहेका अन्य देशसँग वासिङ्टनले प्रयोग गर्ने टेम्प्लेटको झलक दिन सक्ने विश्लेषकहरूले बताएका छन्।

अर्को हप्ता लागू हुने ४६ प्रतिशत दरबाट बचेको भियतनामले कारहरूसहित अमेरिकी उत्पादनहरूका लागि आफ्नो बजार खोलेको बदलामा न्यूनतम २० प्रतिशत शुल्कको सामना गर्नेछ। तर ४० प्रतिशत भन्सार शुल्क ती सामानहरूमा लाग्नेछ जुन उच्च व्यापारिक बाधाहरू छलेर देशबाट गुज्रिन्छ। यसलाई ‘ट्रान्ससिपिङ’ भनिन्छ।

वासिङ्टनले हनोईमाथि आफ्नो भन्सार शुल्क छली गर्न चिनियाँ सामानहरूलाई पुनः लेबल गरेको आरोप लगाएको छ, तर विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका कच्चा पदार्थहरू भियतनामको उत्पादन उद्योगहरूको जीवनरेखा हुन्।

‘विश्वव्यापी दृष्टिकोणबाट, सायद सबैभन्दा चाखलाग्दो कुरा के हो भने यो सम्झौता फेरि ठूलो मात्रामा चीनको बारेमा देखिन्छ’, क्यापिटल इकोनोमिक्सले भनेको छ, ‘विशेष गरी यदि आउँदो दिनमा सहमत भएका अन्य कुनै सम्झौतामा यस्तै सर्तहरू समावेश गरिएयो भने यसले ट्रान्ससिपमेन्टका सर्तहरूलाई बेइजिङमा उक्साहटका रूपमा हेरिनेछ।’      -एएफपी

प्रकाशित: Jul 03, 2025| 17:31 बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्