बिहीबार, साउन ७, २०८३

घुससहित अख्तियारको फन्दामा सहायक वनअधिकृत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
उदयपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार एक सहायक वनअधिकृतलाई घुस रकमसहित उदयपुरबाट पक्राउ गरेको छ ।

अख्तियारको टोलीले सव डिभिजन वन कार्यालय नेपालटारमा कार्यरत सहायक वन अधिकृत सत्य नारायण साह रौनियारलाई घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले रौनियारलाई सेवाग्रहीबाट लिएको ६० हजार घुस रकमसहित त्रियुगा नगरपालिका–१२ स्थिक सम्पर्क कार्यालयबाट पक्राउ गरेको छ ।

सहायक वन अधिकृत रौनियारले सामुदायिक वन उपभोक्ता समितिको काठको टुनटुक्राको घटगद्दी मिलाई दिने बहानामा सेवाग्रहीसँग ६० हजार घुस मागेको अख्तियारले जनाएको छ । रौनियारले सेवाग्रहीबाट घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो ।

रौनियारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयका तरुण कुमार कर्णले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।