बिहीबार, साउन ७, २०८३

बोक्सीको आरोपमा कुटिइन् मनतोरिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-महिला हिंसा अन्त्यगर्न विभिन्न खाले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको बेला बोक्सीको आरोपमा धनुषामा एक महिलामाथि कुटपिट भएको छ ।

धनुषाको धनौजी गाउँपालिका-२ बस्ने ३८ वर्षीया मन्तोरिया देवी मण्डललाई तथाकथित जातीय पञ्चहरुले बोक्सी भन्दै कुटपिट गरेका छन् ।

जेठान ईन्दल मण्डल खत्वे मनतोरिया बोक्सी रहेको भन्दै आरोप लगाएका थिए । उनलाई बोक्सी स्वीकार गर्न स्थानीय पञ्चहरुलाई ५० हजार र भोजगर्न ५० हजार गरी १ लाख जरिवाना तोकिएको थियो ।

९ कार्तिकमा बसेको पञ्चायतमा मनतोरियाले जरिवाना दिन अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको थियो । मनतोरियाले भनिन्,‘जेठाजु ईन्दलले जर्बजस्ती बोक्सी स्वीकार गराउन म माथि जाइलागेका थिए । जातीय पञ्चहरुलाई बोलाई कुटपिट गर्दै बोक्सी रहेको स्वीकार गराएरै छोडे ।’

पञ्चायतमा खत्वे समाजका स्थानीय माइजन(प्रमुख) फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डलसहित जेठान ईन्दलले लछारपछार गर्दै कुटपिट गरेको आइतबार प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव अगाडी दुखेसो पोखिन् ।

चार छोराछोरीकी आमा मनतोरियाले वैदेशिक रोजगारमा रहेका आफ्ना पतिलाई फोन गरेर घटनाका सम्पूर्ण वृतान्त सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधि नजिक पुगेर न्यायका माग्न सुझाव दिएका थिए ।

तर धनौजी गाउँपालिकाका-२ का वडाअध्यक्ष राजकुमार साहले भने पञ्चहरुले गरेको निर्णय स्वीकार गरी गाउँमै मिल्न सुझाव दिएको मनतोरियाको भनाइ छ ।

आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाही र न्यायको माग गर्दै मनतोरियाले जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएकी छिन् ।

आन्तरिक मामिलामन्त्री यादवले न्याय दिलाउन मनतोरियालाई आश्वासन दिएका छन् । घटनाको सत्यतथ्य पता लगाएर दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया अगाडी बढाइने मन्त्री यादवले प्रतिवद्धता दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।