बिहीबार, साउन ७, २०८३

केशव स्थापितको मुखमा केपी ओलीको ताला  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ‘अहिले केही नबोलौं, अध्यक्षसँग भेट गर्छु पहिला’, नेपाल समयको एक जिज्ञासामा यसरी पन्छिए केशव स्थापित । उनी शुक्रबार तीन नम्बर प्रदेशको भौतिक विकास तथा पूर्वाधारमन्त्रीबाट बर्खास्तमा परेका थिए ।

सात प्रदेश मध्ये छ प्रदेशमा नेकपाको सरकार छ । प्रदेश सरकारबाट बर्खास्त हुने मन्त्रीमा स्थापित पहिलो हुन् । उनीमाथि मुख्यमन्त्री डोरमणि पौडेललाई दुव्र्यवहार गरेको आरोप छ । तर स्थापितले आफूले मुख्यमन्त्रीलाई कुनै दुव्र्यवहार नगरेको दाबी गर्दै आएका छन् । उनले भने, ‘मेरो बोली अलि ठूलो छ त्यसैले त्यस्तो देखिएको हुन सक्छ ।’ 

नेताहरू आफ्नो बोलीका कारण बेलाबेलामा विवादमा पर्दै आएका छन् । सार्वजनिक पदधारण गरेको व्यक्तिले प्वाक्क बोल्दा पद चिप्लिएको इतिहास छ । संघीय सरकारमा कानुनमन्त्री रहेका शेरबहादुर तामाङ सार्वजनिक रूपमा विवादास्पद अभिव्यक्ति दिएका कारण राजीनामा दिएर हट्नुपरेको थियो । बोलीकै कारण मन्त्री पदबाट हात धुनेमा तामाङ संघीय सरकारका पहिला मन्त्री हुन् । 

प्रदेश सरकारको मन्त्रीबाट हटाइएका स्थापितले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा तत्काल प्रतिक्रिया नदिन निर्देशन दिएका छन् । स्थापितले आफ्ना निकटस्थहरूसँग पहिला आफूले अध्यक्ष ओलीलाई भेट्ने र त्यसपछि मात्र अभिव्यक्ति सार्वजनिक गर्ने बताउने गरेका छन् । स्थापितले आफूलाई अध्यक्ष ओलीले नै मन्त्री बनाएको र उनले नै हटाएको बताउँदै आएका छन् । जसले बनायो उसले हटायो भनेर उनले मुख्यमन्त्री पौडेललाई ‘बाइपास’ गरेका छन् । 
 
प्रदेश सरकारको मन्त्रीबाट हटाइएका स्थापितले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा तत्काल प्रतिक्रिया नदिन निर्देशन दिएका छन् ।

केशवको बर्खास्तीमा कैलाशको चिलाइ मराइ

केशव स्थापित र कैलाश ढुंगेल अहिले दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । तर गुटगत हिसाबमा ढुंगेल ओली समूहका आग्र्यानिक र स्थापित रासायनिक नेता हुन् । स्थापित कुनै बेला वामदेव गौतमका प्रिय पात्र थिए । नेकपा संस्थापन पक्षले सुरुदेखि नै ओली समूहमा रहँदै आएकालाई अग्र्यानिक र गुट फेरेर पछि आएकालाई रासायनिक भन्ने गरेका छन् । 

स्थापित र ढुंगेल दुवै ओली पक्षका भए पनि आन्तरिक रूपमा सरकार बनेदेखि नै उनीहरुबीच सम्बन्ध राम्रो थिएन । स्थापित आफैं मुख्यमन्त्रीका दाबेदार थिए । तर अष्टलक्ष्मी शाक्यसँग चुनाव लडाएर डोरमाणिलाई जिताइयो । 

प्रदेश ३ का आर्थिक मामला तथा योजनामन्त्री ढुंगेल मुख्यमन्त्री पौडेलका दाहिने हात छन् । ढुंगेल पार्टीका केन्द्रीय सदस्य हुन् । त्यसकारण प्रदेश सरकारमा मुख्यमन्त्रीपछि ढुंगेलको दाबी थियो । तर मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीको निर्देशनमा स्थापितलाई प्रदेश सरकारको वरीयतामा दोस्रो बनाएका थिए । त्यसपछि ढुंगेल तनावमा थिए । 

तर स्थापित दोस्रो भए पनि ढुंगेल पौडेलको किचेन क्याबिनेटमा थिए । त्यसपछि स्थापित र ढुंगेलबीच झनै दूरी बढेको थियो । स्थापित सरकारभित्रका प्रतिपक्षी मन्त्रीजस्ता थिए । त्यसैले सरकार बनेदेखि नै उनीहरुबीच राम्रो सम्बन्ध थिएन । 

स्थापितलाई प्रदेश सरकारबाट हटाइए पनि उनी प्रधानमन्त्रीको समूहबाट हटेका छैनन् । स्थापितको स्वभावअनुसार यतिबेला उनले प्रधानमन्त्री र मुख्यमन्त्रीविरुद्ध मिडियामा आगो ओकल्थे । तर सरकारबाट हटाएको विषयमा बाहिर केही नबोल्न प्रधानमन्त्रीले निर्देशन दिएपछि स्थापित चुप लागेर बसेका छन् । प्रधानमन्त्रीले उनलाई फकाएर असन्तुष्टि निल्न लाउँछन् वा उनले कुनै दिन ताला फोरेर आगो ओकल्छन् ? यो भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीमै निर्भर रहनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।