बिहीबार, असार ४, २०८३

'रमाइला नानी पुरस्कार' रामवावु सुवेदीलाई

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु सुवेदीलाई प्रदान गरिएको छ। पाँच दशकदेखि सरल र सुरूचिपूर्ण सिर्जनाका माध्यम बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदीको योगदानको मूल्यांकन गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जनाएको छ।

National life

सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरेका हुन्। रसिला र मनोरञ्जक बालगीत र बालकविता मार्फत बालबालिकामा देशप्रेम र मानवप्रेमको भावना जगाउन सुवेदीको सिर्जना सफल भएको सदनको ठहर छ। २००४ सालमा हंसपुर, कास्कीमा जन्मिएका सुवेदीका बालककविता र बालगीत अद्वितिय मानिन्छन्। तीन दर्जनभन्दा बढी कृतिका स्रष्टा सुवेदीका ‘मेरो गाउँ ज्यामिरे’, ‘आइतबार बिहान’, ‘आमा जस्ती गुरुमा’, ‘घान्द्रुक झलल’ जस्ता रचना प्रसिद्ध छन्।

रमाइला नानी बाल साहित्य पुरस्कार सम्मान बर्सेनी पराजुलीको स्मृतिमा स्थापित कृष्ण साहित्य सदनले प्रदान गर्दै आएको छ।  भाषा व्याकरणका क्षेत्रमा ‘राम्रो रचना मीठो नेपाली’पुस्तकले अमर बनेका साहित्यकार पराजुलीका दर्जनौं पुस्तक प्रकाशित छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’का सम्पादकमध्येका एक हुन्।

सो पुरस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा उनकै बाल कविता संग्रह ‘रमाइला नानी’ को नाममा स्थापना गरिएको हो। सो पुरस्कार पाउने सुवेदी पाँचौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठले सो सम्मान पाइसकेका छन्।

सदनले पराजुलीको स्मृति दिवसको अवसरमा पारेर असार २३ गते सो पुरस्कार प्रदान गरिएको हो। साथै, सदनले नेपाली साहित्यको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने डिल्ली नेपाललाई विशेष सम्मान गरेको छ। उनले कृष्णप्रसाद पराजुलीरचित महाकाव्य ‘मनमाया’माथि शोध पूरा गरेका थिए।

Shivam cement

नेपाली बाल साहित्यमा लोकलयलाई समातेर मौलिक सिर्जना गरिएको बाल गीत कविता संग्रह ‘रमाइला नानी’ को प्रथम र दोस्रो खण्ड २०२२ सालमा सहयोगी प्रकाशनबाट प्रकाशित भएको थियो। २०२५ सालमा सो संग्रहको तेस्रो भाग प्रकाशित भएको थियो। हालसम्म रमाइला नानीको दर्जनौं संस्करण र मुद्रण भइसकेको छ। रमाइला नानी सर्वाधिक बिक्री हुने बालसाहित्यको पुस्तक मध्ये एक हो।

प्रकाशित: Jul 09, 2023| 11:34 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।