काठमाडौं- नेप्से बजार तिहारको मुखमा दोहोरो अंकले ओरालो लागेको छ । शेयर बजारमा आएका अधिकांश समूहहरुको परिसूचक घट्दा नेप्से बजार दोहोरो अंकले ओरालो लागेको हो ।
तिहार नजिकिदै गर्दा यो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.७० अंक घटेर एक हजार २०७.२८ बिन्दुमा पुगेको छ ।
साथै ‘क’ बर्ग कम्पनी मापक गर्ने सेन्सेटीभ इन्डेक्स समेत २.८६ अंक घटेर २५६.८१ बिन्दुमा पुगेको छ ।
आइतबार १५४ कम्पनीको ३ हजार ६४२ कारोबारबाट २७ लाख २९ हजार १३० कित्ता शेयर खरिद बिक्री हुदा ५६ करोड ४७ लाख ८७ हजार ७३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शेयर बजारमा आएका दश समूहमध्ये नौ समूहको परिसूचक घटेको छ भने एकको मात्रै झिनो अंकले घटेको छ । नेप्से बजारमा आएका समूहमध्ये सबैभन्दा बढी ८७.५२ अंक लाईफ इन्स्योरेन्स समूहको परिसूचक घटेको छ ।
त्यसपछि ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक ६५.३९ अंक घेटको छ । बैंकिङ समूहको परिसूचक १७.१९, होटेल समूहको परिसूचक ५.०४, विकास समूहको परिसूचक ७.१७, हाइड्रो पावर समूहको परिसूचक १०.१८, फाइनान्स समूहको परिसूचक ३.५७ अंक घटेको छ । उत्पादनमुलक समूहको परिसूचक १५.२३ र माइक्रो फाइनान्स समूहको परिसूचक ८.६६ अंक बढेको छ ।
यसैबीच अन्य समूहको परिसूचक भने ४.२३ अंक बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४