बिहीबार, साउन ७, २०८३

व्यवसायी गौचन हत्या प्रकरण : माया शेरचन पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माया शेरचनलाई पक्राउ गरेको छ । गौचन हत्याका मुख्य योजनाकार भनिएका गुन्डा नाइके समीरमान बस्नेतकी पत्नी मायालाई महानगरीय अपराध महाशाखाले आइतबार राजधानीको ठूलो भर्‍याङबाट पक्राउ गरेको हो । 

सोही प्रकरणमा गत सोमबार पक्राउ परेका अमर रानामगरले व्यवसायी गौचनलाई आफूले गोली प्रहार गरी हत्या गरेको र हतियार मायाले उपलब्ध गराएको बयान अदालतमा दिएको आधारमा काठमाडौं जिल्ला अदालतले मायालाई पक्राउ गर्न महाशाखालाई पुर्जी जारी गरेको थियो ।

गौचन हत्याका मुख्य योजनाकार भनिएका समीरमान पक्राउ परेपछि मायाले राजधानीमा गुन्डागर्दी र हप्ता असुली चलाइरहेको प्रहरी स्रोतको दाबी छ । समीरमान अहिले नख्खु कारागारमा छन् । 

उनले पत्नी मायाको सहयोगमा राजधानीमा हाइप्रोफाइल हत्याको योजना बनाइरहेका बेला गौचन हत्या योजनामा संलग्न रहेको आरोपमा लोप्साङ भनिने सोम तामाङ, रोशन बुढाथोकी र अमर रानामगरलाई महाशाखा टोलीले सोमबार झापाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।