बिहीबार, साउन ७, २०८३

पीपीएल : उपाधिका लागि चितवन र पोखरा भिड्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधिका लागि फाइनल खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्ने भएका छन् । 

पारस खड्काको कप्तानीकमा रहेको चितवनले प्ले अफमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई पराजित गर्दै पोखरासँगको भेट पक्का गरेको हो । चितवनले काठमाडौंलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले १८.२ ओभरमा मात्र ४ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो । चितवनका लागि स्मित पटेलले ३८ रन जोडे । 

त्यस्तै हरिशंकर साहले २६, आरिफ सेखले २० रन बनाए । काठमाडौंका सुसन भारीले तीन विकेट लिए पनि टोलीलार्इ जित दिलाउन सकेनन् । सुसनले चार ओभर गर्दै १८ रन खर्चे र तीन विकेट लिँदा पवन सराफले एक विकेट लिएका थिए ।

यसअघि काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । उनले ३५ बल खेल्दै दुई चौका प्रहार गर्दै ३० रन जोडेका हुन् । त्यस्तै जयकिसन कोल्सावालाले २५ रन जोडे । उनले २७ बल खेल्दै दुई चौका चारहार गरेर २५ रन जोडेका थिए ।

खराब सुरुवात गरेको काठमाडौंले टिमको ३० रन पुग्दा सुरुवाती चार विकेट गुमाउन पुगेको थियो । त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्रसँग सहकार्य गर्दै कोल्सावालाले पारी उकास्ने प्रयास गरे पनि उनी १२.४ ओभरमा टिमको ६८ रन हुँदा आउट हुन पुग्ये । अन्य ब्याटसम्यानले भने चितवनका खेलाडीविरुद्ध खुलेर खेल्न सकेनन् । 

पारस खड्काको चितवनका लागि सन्नी पटेलले तीन विकेट लिए । त्यस्तै स्मित पटेल र भु्वन कार्कीले समान दुई दुई विकेट लिँदा कप्तान खड्काले एक विकेट लिए । फाइनल खेल मंगलबार घरेलु टोली पोखरा पल्टनसँग हुने छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।