काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल) को शुक्रबार बेलुकी निधन भएको छ।
केही दिन अघिदेखि पाल्पाको बगनासकाली गाउँपालिका-१ चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेयलाई हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
उनी बाटोमै बेहोस भएको र अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। पाण्डेयका दुई छोरा र श्रीमती छन्।
तीन भाइमध्ये माइला छोराको डेढ वर्षअघि हृदयघातबाटै मृत्यु भएको थियो। सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनुपूर्व एमाले उपसचिव थिए ।