बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामविलासका हत्यारालाई कारबाही माग गर्दै सर्लाही बन्द

रामविलासका हत्यारालाई कारबाही माग गर्दै सर्लाही बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सर्लाहीको रामनगर गोलीकाण्डका दोषीउपर कारबाहीको माग गर्दै नेपाली कांग्रेसले आइतबार जिल्ला बन्द गराएको छ । बन्दका कारण सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाभर जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण सर्लाहीमा शैक्षिक संस्था, कलकारखाना, यातायात पूर्ण रुपमा  ठप्प भएका छन् । बन्दका कारण मलंगवाबाट लामो तथा छोटो दुरीका सवारीसाधन गुड्न सकेका छैनन् ।

कांग्रेस जिल्ला सभापति नागेन्द्र रायका अनुसार बन्दको समर्थनमा जिल्लाका सबै बजार र भित्री सडक पूर्ण ठप्प छ । कांग्रेसले गोली काण्डको दोषीमाथि कारबाही माग गर्दै आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सर्लाही बन्दको आह्वान गरेको छ । यसअघि कांग्रेसले शनिबार साँझ जिल्लाका सबै स्थानीय तहमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।

गत मंगलबार रामनगर गाउँपालिका–४ मा नेकपा कार्यकर्तासँग भएको झडपमा गोली प्रहारबाट कांग्रेस कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । रामविलास सोही वडाका वडाध्यक्ष रामनरेश महतोका काका हुन् । 

घटनाका दोषीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको भन्दै रामविलासलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र दोषीलाई कारबाहीको माग राख्दै कांग्रेस विरोधमा उत्रेको हो ।

यद्यपी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा कार्यकर्ता उपेन्द्रराय यादवलाई पक्राउ गरेको छ । घटनाका मतियार भनिएका यादवलाई प्रहरीले सीमाक्षेत्रबाट पक्राउ गरेको बताइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।