बिहीबार, असार ४, २०८३

बीआरआईको १० वर्ष : मानवजातिको साझा भविष्य निर्माणको लक्ष्य

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ। 

National life

बीआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा  क्युवाका लागि चिनियाँ राजदूत मा हुईले बीआरआईले सभ्यताहरूबीच व्यावहारिक सहयोग र आपसी सिकाइलाई अझ सघन बनाएको बताए।

'चीनले आफ्नो स्थायित्व र विकासका साथै विश्व शान्ति र प्रगति प्रवर्द्धन गर्न सबै पक्षसँग काम गर्नेछ,'मानवजातिको साझा भविष्य निर्माणलाई बीआरआईले लक्ष्य बनाएको बताउँदै चिनियाँ राजदूतले भने। मानव समाजले सामना गरिरहेका वर्तमान  चुनौतिहरूसँग विश्वव्यापी आर्थिक पुनरुत्थानको लागि लामो बाटोमा साथसाथै अघि बढ्न बीआरआईको अवधारणा अघि सारिएको उनले स्पष्ट गरे।

क्युवाका लागि इन्डोनेसियाका राजदूत नाना युलियानाले विगत ५ वर्षमा इन्डोनेसिया र चीनबीचको व्यापार बढेको बताए। बीआरआईले इन्डोनेसियाको सम्पर्क सञ्ञ्जाल विस्तार र पूर्वाधार विकासका निम्ति उत्कृष्ट अवसर प्रदान गरेको बताए। 

'बेल्ट एण्ड रोड इनिसिएटिभ'अन्तर्गतका चिनियाँ परियोजनाहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक विकासलाई प्रवर्द्धन गर्ने र पूर्वाधार, व्यापार र ऊर्जा लगायतका विभिन्न क्षेत्रमा सहयोग बढाउन दुवै देशको प्रतिबद्धता देखाउँछन्,' क्युबाका लागि इजिप्टका राजदूत माहेर एल–अदावीले भने।    

Shivam cement

अडावीको कुरालाई प्रतिध्वनि गर्दै क्युबाका लागि पाकिस्तानी राजदूत शाहबाज मलिकले बीआरआईअन्तर्गत पाकिस्तान र चीनबीचको संयुक्त आयोजनाले ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताए।

सिल्क रोड इकोनोमिक बेल्ट र २१ औँ शताब्दीको सामुद्रिक सिल्क रोड मिलेर बनेको बीआरआईलाई सन् २०१३ मा चीनले एशिया र बाँकी विश्वलाई जोड्ने व्यापार र पूर्वाधार सञ्जाल निर्माण गर्न अघि सारेको महत्वाकाङ्क्षी परियोजना हो। बीआरआई अवधारणा सार्वजनिक भएको एक दशकको अवधिमा विश्वका एक सय ५० भन्दा बढी देश र ३२  वटा अन्तरराष्ट्रिय संस्थाले बीआरआईसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: Jul 07, 2023| 19:05 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्