बिहीबार, साउन २१, २०८३

पहिरोले पुरिएर डोजर चालकको मृत्यु

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- मुगुको गमगढी तारापानी सडक खण्डमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एक जना डोजर चालकको मृत्यु भएको छ।

छायाँनाथ रारा नगरपालिका ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ का २४ वर्षीय पवन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले जानकारी दिए।

उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति बामधारा भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थल मै मृत्यु भएको हो।

प्रकाशित: Jul 07, 2023| 21:44 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्