रुपन्देही, बुटवल उपमहानगरपालिका-११ रंगशालास्थित शुभलाभपथमा तिलोत्तमा नगरपालिका-३ जानकीनगर बस्ने ६५ वर्षीय युवराज शर्मा रिजाल बिहीबार मृत अवस्थामा फेला परेका छन्।
रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ ओडवलियास्थित खाली चौरमा कोटहिमाई-२ बस्ने ४२ वर्षीया शिला लोनिया बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
सप्तरी, सप्तरी रुपनी गागउँपालिका-३ किटैया बस्ने रुपेश कुमार माझीको छोरा ७ वर्षीय अर्जुन कुमार माझी सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
गोरखा, बारपाक सुलिकोट गाउँपालिका-६ ठुला ढुङ्गास्थित खोल्सामा सोही गाउँपालिका-८ जराङ घर भई सोही गाउँपालिका-६ अर्चलेस्थित छोरीको घरमा बस्ने ८५ वर्षीया सुकमाया बराम बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। गत मंगलबार घर जान्छु भनि हिँडेकी उनलाई परिवार तथा स्थानीयहरुले खोजतलास गर्ने क्रममा उनको शव फेला परेको हो।
डुबेर मृत्यु
सप्तरी, राजबिराज नगरपालिका-१ शिबथान बस्ने १० वर्षीया फरीदा खातुनको सोही ठटाउँस्थित खाडो खोलाको बाध छेउमा रहेको काल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।
महोत्तरी, मनराशिश्वा नगरपालिका-५ कटैया टोल बस्ने ११ वर्षीय आदित्य सिंहको सोही ठाउँस्थित चौरको पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुर, बेलका नगरपालिका-१ पलार बस्ने ५५ वर्षीय जनक पाण्डेको सपही ठाउँस्थित त्रियुगा खोला किनारमा बाँध बाध्न खनेको खाल्डोको जमेको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ।
चितवन गणेशमान चारनाथ नगरपालिका-३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया रामसकी देवी यादवको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय चारनाथ क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चट्याङ लागेर मृत्यु
सप्तरी, बिष्णुपुर गाउँपालिका-७ बिष्णुपुर टोल बस्ने ७० वर्षीय राम प्रसाद रामको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ। आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चटयाङ लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।
पहिरोमा पुरिएर मृत्यु
मुगु, छायानाथ रारा नगरपालिका-३ फुली बामधारा भिरस्थित सडकमा बिहीबार बिहान पहिरो जाँदा पहिरोमा पुरिएर सुर्खेत बिरेन्द्रनगर नगरपालिका बस्ने पवन घिमिरेको मृत्यु भएको छ। बामधारा भिरस्थित सडक खनी गन्तब्य स्थान तर्फ फर्कने क्रममा पहिरो जाँदा जेसिबीसहित चालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगु र मुगुस्थित सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा पहिरोमा पुरिएको अवस्थामा उनको शव फेला पारेको हो।