बिहीबार, असार ४, २०८३

ललिता निवास प्रकरणः चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं– प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्नताको आरोपमा चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले उनीहरुलाई पक्रिन अदालतबाट अनुमति लिएको हो।

National life

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

यीमध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

ललिता निवास प्रकरणमा चार जना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो। ललिता निवासको ११४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो।

प्रकाशित: Jul 07, 2023| 12:22 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्