काठमाडौं– प्रहरीले नाबालिगलाई क्लबमा प्रवेश गराएर यौनधन्धामा लगाएको दाबीसहित ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का सञ्चालक रुदिल बल्ल श्रेष्ठलाई पनि पक्राउ गरेको छ।
बिहीबार पनि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले क्लबका अर्का सञ्चालक राजुसिंहलाई नियन्त्रणमा लिइसकेको छ।
एलओडीमा गएकी १६ वर्षीया नाबालिग बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई शुक्रबार बिहान कुपन्डोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।