बिहीबार, असार ४, २०८३

युवा कलाकार सारुक ताम्राकार मृत फेला

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- कलाकार सारुक ताम्राकार मृत फेला परेका छन्।

National life

उनी बिहीबार राति काठमाडौंको रातोपुलस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएका थिए। 

उनको शव पोस्टमोर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। ३१ वर्षीय ताम्राकारले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्रमा अभिनय गरेका थिए। 

पछिल्लो समय उनी ‘ह्यासट्याग माया’ चलचित्रको छायांकनमा व्यस्त थिए। उनका बुबा सानु ताम्राकार पनि कलाकार हुन्।
 

प्रकाशित: Jul 07, 2023| 09:43 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्