शनिबार, साउन २३, २०८३

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

सिन्धपाल्चोक- अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ।

गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए। ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन’, उनले भने। 

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्। इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ। 
 

प्रकाशित: Jul 07, 2023| 08:21 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्