बिहीबार, असार ४, २०८३

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- इलामको माइजोगमाई गाउँपालिका–२ जोगमाईको टारसिङ गाउँमा एक व्यक्तिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन्।

National life

बिहीबार राति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब साढे १० बजेतिर राधिका घरमा एक्लै रहेको अवस्थामा चिच्याएको आवाज सुनेपछि छिमेकीको घरमा रहेकी उनकै छोरी रचना दगुर्दै आफ्नो घर पुगेकी थिइन्। ढोकाको बाहिरपट्टि चुकुल लगाएको पाएपछि खोलेर भित्र पस्दा आफ्नी आमा रगताम्य भएर लडिरहेको देखेपछि उनले छिमेकीलाई गुहारेकी थिइन्।  

प्रहरीका अनुसार घटनाको खबर पाएपछि गोर्खे र जौबारीबाट पुगेको प्रहरी टोलीले राधिकाको बायाँ गालामा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो।

पीताम्बर भने घरबाट करिब सय मिटरमा रहेको निबारोको रुखमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन्। खतिवडाको परिवारमा प्रायः अंशबन्डाको विषयमा वादविवाद हुने गरेको स्थानीयले बताएका छन्। हत्या गरिएकी जेठी श्रीमती हुन्।

Shivam cement

प्रकाशित: Jul 07, 2023| 08:11 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्