बारा- प्रहरीले बाराबाट ठुलो परिमाणमा लागुऔषधसहित गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१२ बस्ने २४ वर्षीय विकेश सिंहलाई एक क्वीन्टलभन्दा बढी गाँजासहित पक्राउ गरेको हो ।
ना ४ च ३८७५ नम्बरको पिकअप गाडीमा हेटौंडाबाट वीरगंजतर्फ आइहरेको अवस्थामा प्रहरीले पिकअप चालकसमेत रहेका सिंहलाई पक्राउ गरेको हो ।
जितपुरसिमरा–२१ अमलेखगन्जमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पिकअपको पछाडी तरकारी क्रेटभित्र १०७ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय बारामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४