बिहीबार, साउन ७, २०८३

काभ्रेमा ट्रक दुर्घटना, दुईको मृत्यु, तीन घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काभ्रे- काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । 

काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई शनिबार राती सडकबाट करीब १०० फिट तल खसेको थियो । दुर्घटनामा परि भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । 

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।