बिहीबार, साउन ७, २०८३

दैनिक ३ जना नेपाली युवाको विदेशमा मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालबाट मिठो सपना बोकेर परदेश गएकाहरु सबैले आफ्नो सपना पुरा गर्न सक्दैनन् । कामको शिलशिलामा अरुको देश पुगेका कतिपय आफ्नासंगै शरिर पनि काठको बाकसमा प्याक भएर आउने गरेका गरेका छन् । 

पछिल्लो तथ्याङ्क अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक तीन जना नेपाली युवाको शव झर्ने गरेकाे छ । खाडी मुलुकबाट सबैभन्दा धेरै शव आउने गरेको तथ्याङ्कले देखाउछ । श्रम विभागको तथ्याङ्क अनुसार नेपालीको मृत्युदर सबैभन्दा बढि मलेसियामा रहेको छ । 

चालु आर्थिक वर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मत्यु भएको छ । मृत्तकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

आर्थिक सहायता लिने मृत्तकको परिवारको संख्या हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्युनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतीपुर्ति सहायता रकम बर्सेनि बढ्दै गइरहेको हो ।

सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासीक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।