काठमाडौं- जारी टोक्यो ओम्पिक २०२० मा नेपालका तर्फबाट सहभागी बनेको जुडो र सुटिङको टिम आज नेपाल फर्कंदै छ।
आफ्नो खेलतर्फको प्रतिस्पर्धा सकिएपछि नेपाली टिम स्वदेश फर्कन लागेको हो। कोभिड-१९ को महामारीका कारण टोक्यो ओलम्पिक आयोजकले आफ्नो विधाको प्रतिस्पधर्दा सकिएका विदेशी खेलाडीले ४८ घण्टाभित्र जापान छोड्नुपर्ने नियम छ।
महामारीको समयमा सामाजिक दूरी राख्नका लागि आयोजकले यो नियम ल्याएको हो।
नेपालको प्रतिस्पर्धा गत जुलाई २४ तारिखमै सकिए पनि टिकटको कारणले ढिलाई भएको हो। नेपाल ओलम्पिक कमिटीले दिएको जानकारी अनुसार सात सदस्सीय नेपाली टिम कतारको दोहा हुँदै नेपाल आउनेछ।
सुटिङ र जुडो दुवै खेलमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। जुडोनमा नेपाली खेलाडी सोनियाँ भट्ट रसियन खेलाडी इरिनासँग पराजित भएकी थिइन् भने राष्ट्रिय कीर्तिमान बनाएकी कल्पना परियार फाइनल पुग्न सकिनन्।
टोक्यो ओलम्पिकमा आज नेपाली खेलाडी एलेक्स साहले एक समय मिटर पौडिको फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन्।