बिहीबार, साउन ७, २०८३

चिकित्सकको लापरवाहिले सुत्केरीको ज्यान गएको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतमा एक सुत्केरीको मुत्यु भएपछि चिकित्सकहरुले लापरवाही गरेको आरोप लागेको छ। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ झलारी कि २२ बर्षीया तुल्सी धामीको बच्चा जन्माएको २ दिनमा मृत्यु भएपछि चिकित्सहरुले लापरवाही गरेको आरोप लागेको हो। सुत्केरी व्यथा लागेपछि १४ गते बिहान सेती अञ्चल अस्पताल ल्याईएकोमा उनले १५ गते शल्यक्रियाबाट बच्चा पाएकी थिईन्। 

बिहान साढे १० बजे बच्चा जन्मिएपछि उनलाई आईसियुमा भर्ना गरियो। उनका श्रीमान दिपक धामीले तीन दिन अगाडि अस्पताल पुर्‍याउँदा व्यथा नलागेको र अवस्था सामान्य रहेको चिकित्सकले बताएको बताए। तर शनिबार  दिउँसो तीन बजे चिकित्सकहरुको लापरवाहीकै कारण उनको मृत्यु भएको उनको आरोप छ।

सेती अञ्चल अस्पतालमा चिकित्सहरुले अस्पताल भन्दा पनि नीजी मेडिकलमा ध्यान दिँदा धेरैले अकालमै ज्यान गुमाउन परेको गुनासो उनको छ। परिवारले आज शव बुझेको छैन। अस्पतालले सो घटनाको विषयमा अहिले केहि बोल्न मानेका छैन्। आईतबार बिहान १० बजे अस्पताल प्रसाशन र पिडित पक्ष बसेर छलफल गर्ने तयारी छ। तुल्सीले पाएको छोरा भने सकुसल छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।