बुधबार, असार ३२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको गलत रिपोर्टदिने डाक्टरविरुद्ध भ्रष्टाचार मुद्दा, चिकित्सक संघको विरोध

बलात्कारको गलत रिपोर्टदिने डाक्टरविरुद्ध भ्रष्टाचार मुद्दा, चिकित्सक संघको विरोध

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
जनकपुरधाम-बालिका बलात्कारसम्बन्धी घटनामा गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले गलत रिपोर्ट दिने डा.विजयकुमार सिंह र डा. रम्भा गोइतलाई पक्राउ गरेर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

दुबैजनाले सरकारी चिकित्सक पद दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ । तर गलत रिपोर्ट दिने डाक्टरविरुद्ध अख्तियारले कारबाही अगाडी बढाउँदा नेपाल चिकित्सक संघ विरोधमा उत्रिएको छ । डा.सिंह र डा.गोइतलाई अनुसन्धानका लागि थुनामा राखिएकोमा चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले विरोध जनाएको हो ।

परीक्षणकै क्रममा हुन गएको त्रुटीका कारण मेडिकल काउन्सिलले कारबाही गरिसकेको र मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै चिकित्सक संघले रिहाइको माग गरेको छ । यसैगरी चिकित्सक संघको जनकपुर अञ्चल शाखाले हिरासतमा रहेको दुबै डाक्टर यथाशीघ्र रिहा नभए कडा कदम चाल्न बाध्य हुने र त्यसबाट बिमारीमा पर्न जाने क्षतिको जिम्मेबार सम्बन्धित निकाय हुने विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

इलाका प्रहरी कार्यालय खजुरी धनुषाले गरेको अनुसन्धानमा एक १२ वर्षीया बालिकाको बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणमा गलत रिपोर्ट पाइएको थियो । डा.सिंह र गोइतले गलत रिपोर्ट दिएको आरोपमा काउन्सिलले कारबाही गर्दै दुबैजनाको लाइसेन्स रोक्का गरिसकेको छ । काउन्सिलले २५ असोजमा उनीहरुको लाइसेन्स रोक्का गर्दै चिकित्सकीय अभ्यास गर्न रोक लगाएको थियो ।

बलात्कारबाट पीडित बालिकाको स्वास्थ्य परीक्षणको उनीहरुले गलत रिपोर्ट दिएका थिए । तर खजुरी प्रहरीले जनकपुर अञ्चल अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टबाट सन्तुष्ट नभएपछि सिरहा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराएका थिए । सिरहा अस्पतालमा गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा बालिकासँग बलात्कार भएको ठहर भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।