बुधबार, साउन २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको राजीनामा माग्दै सदनमा एमालेको अवरोध, रास्वपा र राप्रपाको साथ

प्रधानमन्त्रीको राजीनामा माग्दै सदनमा एमालेको अवरोध, रास्वपा र राप्रपाको साथ

 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको एउटा अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले उठेर नियमित कारबाही अगाडि बढाउन दिएनन्। त्यसपछि सभामुखले एमालेका सांसद रघुजी पन्तलाई बोल्ने समय दिए। सांसद पन्तले प्रधानमन्त्रीको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री सार्वभौम स‌ंसद्‍ले बनाउने हो कि दिल्लीले भनेर प्रश्न गरे। प्रधानमन्त्रीको भनाइले नेपाली जनताको भावनामा ठेस पुगेको बताए। प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने नत्र सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए। त्यसपछि एमालेका सबै सांसद उठेर संसद् अवरुद्ध गरेका छन्।

'प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन। प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन। हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो। लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन,' पन्तले भने।

एमालेसँगै राप्रपा र रास्वपाका सांसदले पनि उठेर विरोध जनाएका छन्। सभामुखले बैठक अघि बढाउन आग्रह गरे पनि सांसदहरुले विरोध जारी राखेका छन्।

अवरोधकै बीच सभामुखले माओवादी सांसदलाई बोल्न समय दिएका छन्। माओवादी सांसद बोलिरहँदा सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

Metro Mart

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले भने आफूले पुस्तकमा भएको कुरा कार्यक्रममा बताएको भन्दै आफ्नो बचाउ गरेका छन्।

 

प्रकाशित: Jul 05, 2023| 16:09 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्