बिहीबार, साउन ७, २०८३

'सरकारले अब चौथो ‘गेयर’मा काम गर्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटबल–नेपाल कम्युनिस्ट पार्र्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब चौथो गियरमा काम गर्ने बताएका छन् । नेकपाले बुटबलमा आयोजना गरेको शुभकामना सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  अहिलेसम्म सरकार नीति नियम बनाउन व्यस्त रहेकोले अब  सरकारको काम तीब्र रुपमा अघि बढ्ने पनि दाबी गरे । 

‘अहिलेसम्म बर्षाको समय थियो सरकार एक गेयरमा थियो अब सरकार चार गेयरमा काम गर्नेछ’ अध्यक्ष प्रचण्डले भने, ‘अब कसैले विकासको कामलाई रोक्न सक्दैन ।’

सरकारलाई कसैको अवरोधले थाम्दैन 

अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको वर्तमान सरकारलाई कुनै प्रतिक्रियावादीले पनि अवरोध गर्न नसक्ने बताएका छन् । कार्यक्रममा प्रचण्डले भने, ‘१४ बर्ष जेलवास र १४ बर्ष बनबास भएका हामी मिलेर दुई तिहाईको सरकार बनाएका छौ । अब यो सरकारलाई कुनै प्रतिकृर्यावादीको अवरोधले छेक्दैन ।’

पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री’बाट ‘ल्याण्ड लिंक कन्ट्री’ भएको पनि बताए । उनले अब नेपालले विश्वको जुनसुकै ठाउवाट पनि व्यापार सम्झौता गर्न सक्ने बताए ।

चीनसँगको पारवहन सम्झौंताले अब चार बटै वन्द्रगाह प्रयोगमा ल्याउन सकिने भन्दै प्रचण्डले व्यापारका लागि भारतसँमात्र सीमित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।