बिहीबार, असार ४, २०८३

विराटनगर महानगरले विमानस्थलको फोहोर नउठाउने

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०
National life
Shivam cement

काठमाडौं- विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ। विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो।

विमानस्थलले स्थापनाकालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको छैन। महानगरपालिकाले विमानस्थल प्रशासनलाई पटक–पटक सम्पत्ति कर, बहाल कर बुझाउन र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न पत्राचार गरिएको बताएको छ।

विराटनगर विमानस्थल प्रशासनले टर्मिनल भवन भित्र र बाहिर पसल तथा होटललाई भाडामा संरचना प्रयोग गर्न दिएको छ। टर्मिनल भवनभित्र विमान कम्पनीका काउन्टर पनि छन्। त्यसबाहेक नोबेल मेडिकल कलेज अगाडिको विमानस्थलको जग्गामा सटर निर्माण गरेर भाडामा पनि लगाएको छ। ती संरचना भाडामा लगाएबापत भएको आम्दानीबाट बहाल कर विमानस्थल प्रशासनले नतिरेको महानगरको भनाइ छ।

प्रकाशित: Jul 04, 2023| 17:54 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्