बिहीबार, साउन ७, २०८३

ला लिगा : बार्सिलोना र रियलको प्रतिद्वन्द्वी को ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मड्रिड (एजेन्सी)- स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (शनिबार) राति चार खेल हुँदैछन् । आजको खेलमा दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोना पनि खेल्दै छन् । 

शनिबार हुने पहिलो खेलमा एथलेटिको मड्रिडले लेगानेशको घरेलु मैदानमा उसैको सामना गर्दै छ । त्यस्तै आज हुने दोस्रो खेलमा रियल मड्रिडले रियल वल्दोलिदविरुद्ध खेल्दैछ । 

रियलले यो खेल आफ्नै घरेलु मैदानमा खेल्दै छ । रियल र वल्दोलिदबीचको खेल नेपाली समय अनुसार ९:०० बजे सुरु हुनेछ ।  वल्दोलिदविरुद्ध रियल सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यता, वल्दोलिदको योजना रियललाई उसैको मैदानमा हराउने रहेको छ । 

रियल लिगको १० खेल सकिदा १४ अंक जोडेर नवौं स्थानमा छ । यस्तै वल्दोलिदे १६ अंक जोडेर छैटौँ स्थानमा छ ।
 
यस्तै बार्सिलोनाले रयो भलेक्यानोसँग खेल्दैछ । बार्सिलोना र रयो भलेक्यानोबिचको खेल नेपाली समय अनुसार राति १:३० मा हुनेछ । भलेक्यानोविरुद्ध मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानमा एथावत रहने योजनामा हुनेछ । बार्सिलोना १० खेलबाट २१ अंक जोडेर तालिकाको शिर्ष स्थानमा छ । 

त्यस्तै आज राति ११:४५ बजेबाट शुरु हुने खेलमा जिरोनाले भ्यालेन्सीया को सामाना गर्दै छ । भ्यालेन्सीयाको घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै अंक तालिकामा माथि उक्लन चाहान्छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।