आइतबार, मंसिर २८, २०८२

उपत्यकामा पहिलो ट्रक भित्र्याउने प्रितम सिंहको ‘रोड्स टु दी भ्याली’ सार्वजनिक

९ खण्डमा लेखिएको पुस्तकमा काठमाडौंमा पहिलो पटक ट्रक भित्र्याउँदादेखि सरदार सिंहले सामाजिक र शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा। 
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं– सन् १९५७ मा भारतको जम्मुबाट काठमाडौं आएका सरदार प्रितम सिंहले उपत्यकामा पहिलो पटक ट्रक आफैं हुइँक्याएर ल्याएका थिए।ट्रक चालकका रूपमा २२ वर्षको उमेरमा काठमाडौं आएका सरदार सिंहलाई नेपालको यातायात क्षेत्रका अग्रणी मानिन्छ।

National life

६६ वर्षपछि उनको जीवन यात्राका संघर्ष र सफलताका प्रेरणादायी कथा समेटिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार सार्वजनिक भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार सिंहकी छोरी किरणदीप सान्धुद्वारा लिखित ‘रोडस् टु दी भ्याली’ विमोचन गरे। 

९ खण्डमा लेखिएको पुस्तकमा काठमाडौंमा पहिलो पटक ट्रक भित्र्याउँदादेखि सरदार सिंहले सामाजिक र शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको छ। पुस्तकमा ‘नेपाल पब्लिक मोटर सर्भिस’ स्थापनासँगै यातायातलाई देशभरि विस्तार गर्दाको संघर्ष पनि समेटिएको छ। 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनता–जनताबीच सम्बन्ध स्थापना गर्न सरदार सिंहको महत्त्वपूर्ण योगदान रहेको बताए। सामाजिक र शिक्षा क्षेत्रमा सरदार सिंहको योगदान बिर्सन नहुने उनको धारणा छ। 

Laxmi sunrise bank
kumari

पहिलो पटक सरदार सिंहले नै सञ्चालन गरेको नेपाल पब्लिक मोटर सर्भिसको बसमा चढेको स्मरण गरे। प्रचण्डले भने, ‘म हाइस्कुल पूरा गरेर कलेज पढ्न जाँदा सबैभन्दा पहिलो चढेको बस नेपाल पब्लिक मोटर सर्भिसको उहाँकै रहेछ। यसबाट पनि थाहा हुन्छ कि यातायात क्षेत्रमा सिंहको योगदान विशिष्ट र ऐतिहासिक छ।’ प्रधानमन्त्री प्रचण्डले सरदार सिंहले यातायातको विस्तार गर्दै नेपालभरि फैलाएको बताए।

कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली समुदायलाई कोभिड–१९ महामारीमा सरदार सिंहले गरेको योगदानको स्मरण गरे। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सरदार सिंहको जीवनी प्रेरणादायी रहेको बताए।

नेपाल–भारत उद्योग वाणिज्य संघ अध्यक्ष सिर्जना राणाले सरदार सिंहले आर्थिक सहकार्यको नयाँ सम्भावना र यातायातको क्षेत्रमा रुपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। पुस्तक लेखिका सान्धुले आफ्ना पिताको संघर्षलाई पुस्तकमा उतारेको बताउँदै यसबाट समाजमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: Jul 04, 2023| 12:23 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।